पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका २ मा श्रीमति हत्याको आरोपमा एक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा ईम्बुङका ईन्द्र कुमार नेम्बाङ रहेका छन् । पुष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी बिषयमा विवाद हुँदा रिसको आवेगमा उनले श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गरेका थिए ।
लोहोरो प्रहारबाट घाईते भएकी जिवन कुमारीको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



