सुनसरी: सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ बर्षीय प्रवेज आलम र २१ बर्षीय सुरज भुजेल रहेका छन्। स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान ३, एलसिडि ३ थान, प्रोजेटर मिसिन १ थान र पानी तान्ने मोटर २ थान चोरी भएको थियो । चोरीको घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
चोरीको सामान पनि उनीहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाबी काटेर समानहरु चोरी गरको खुलेको छ । बरामद भएको सामानसहित चोरीमा संलग्न २ जनालाई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



