दुहबी: सुनसरीको दुहवी नगरपालिका ३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १२ खनारका ३४ बर्षीय काउ भनिने शुशिल साह रहेका छन् । उनलाई दुहवी ३ बाट गए राती दुहबी प्रहरीले पक्राउ गरेको हो । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीको टोलीले पक्राउ गरेको हो ।

साहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद भएको प्रहरीले जानकारी द्यिएको छ । पेस्तोलसहित पक्राउ परेका साहको बिषयमा दुहबी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।