धरान: धरान उपमहानगरपालिकाले ९ जना नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन दिए ।

nagar-police1

नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असई भएका हुन् भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जमदार भएका हुन् । नगर प्रहरी धनबहादुर लिम्बु, विजय थापामगर, बिसान गुरुङ र सुरेश मंग्रातीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो भने बारुणयन्त्र शाखामा कार्यरत देवल कुमार राई, बुद्ध तामाङ, नविन भूजेल, सुर्यप्रसाद अधिकारी र कुमार बुडाथोकीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।