मोरङ: बिराटनगर १४ मा लागुऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षीय निसान चौधरी र इटहरी-१२ का २८ बर्षीय दिवस तामाङ रहेका छन्। बिहिबार राती ९ बजे सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७  नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा  खैरो हेरोइन फेला परेको थियो । 

प्रहरीका अुनसार मोटरसाईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाएको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको थियो । खैरो हिरोईन फेला परेसगै मोटरसाईकल चालक दिवश तामाङसहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।