धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलमा न्यू स्टार क्लब र एलेभेन एरोज क्लब बिजयी भएको छ ।
इटहरी रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा न्यु स्टार क्लब बराहक्षेत्रले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जितमा खेलको म्यान अफ द म्याच सन्दिप श्रेष्ठले दास्रो हाफको छैठौ मिनेटमा निर्णायक गोल गरेका थिए ।
शनिबार नै सम्पन्न दोस्रो खेलमा दुहबीको एलेभेन एरोज क्लबले दुहबीकै गोल्डेनस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । एलेभेन एरोजको जितमा बिशाल राईले पहिलो हाफको ३७ औ मिनेटमा निर्णायक गोल गरे । श्रेष्ठ नै उक्त खेलको म्यानअफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार पाए ।
आइतबार पहिलो खेल धरानको टेम्के क्लब र धरान फुटबल क्लब बिच हुदा दोस्रो खेल इटहरीको राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।








