धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८ स्थित देव ट्रेडर्स होण्डा शोरुमले बोनस एक्सचेन्ज अफर शुरु गरेको छ । 

पुष २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म एक्सचेन्ज अफर चल्ने छ । पहिलो दिनै ग्राहकहरूको उल्लेख्य सहभागिता जनाएको मोटर्सका सञ्चालक देवेन्द्र कुंवरले बताए । एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुई पांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मुल्यांकन बोनस बापत ७ हजारसम्म थप भ्यालु पाउन सक्ने उनले बताए । शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्याधिक रुचाएको एफ आइ भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ । 

ग्राहकहरुले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्णरुपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुंवरले बताए । बलियो इन्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका दुईपांङ्ग्रेमा नेपालि बजारमा स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सीबी साइन, एस पी साइन र युनिकर्न प्रख्यात रहेको छ ।