सुनसरी: धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यू स्टार क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

लिग अन्तर्गत सोमबार भएको तेस्रो चरणका खेलहरुमा जित निकाल्दै गोधुली र न्यू स्टार समुह क बाट समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । इटहरी रंगशालामा सोमबार भएको पहिलो खेलमा गोधुली क्लबले दुहबीको गोल्डेनस्टार क्लबलाई २–१ गेल अन्तरले पराजित गर्यो । गोधुलीको जितमा बबिन लामा र सुशिल राईले एक–एक गोल गरे । लामाले खेलको १५ औं मिनेटमा गोल गर्दा राईले ४० औं मिनेटमा गोल गरेका थिए । 

त्यसअघि खेलको १२ औं मिनेटमा गोल्डेनस्टार क्लबका दिलिप चौधरीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि हार टार्न सकेनन । उक्त खेलको म्यान अफ द म्याच गोधुलीका सुशिल राई घोषित हुदै नगद १ हजार ५ सय पुरस्कार पाए । उनलाई पूर्व राष्टिय खेलाडी एवंम राखेपका बोर्ड सदस्य हरी खड्काले पुरस्कार प्रदान गरे ।

      सोमबार नै सम्पन्न दोस्रो खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा न्यू स्टार क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । न्यू स्टारको जितमा कृष्ण थापाले २१ औ र सन्दिप श्रेष्ठले २८ औ मिनेटमा गोल गर्दा सुजित राईले ७८ औं र अजय चौधरीले ८० औं मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच बिजयी न्यू स्टारका कृष्ण थापा घोषित भए ।

football1 1

     जारी लिगमा आफ्नो तीन खेलमा तीन वटैमा शतप्रतिशत जित निकाल्दै ९ अंक सहित शिर्ष स्थानमा रहदै न्यू स्टार सेमिफाइनल प्रवेश गरेको हो । यस्तै, तीन खेलमा दुईमा जित एकमा हारसहित ६ अंकका साथ समुह उपबिजेता बन्दै गोधुली क्लब पनि समिफाइनल प्रवेश गरेको हो । तीन खेलमा दुईमा हार र एकमा जीत निकाल्दै समुहको तेस्रो स्थानमा रहेको एलेभेन एरोज क्लब दुहबी र आफ्नो तीन वटै खेलमा पराजित गोल्डेनस्टार क्लब दुहबी भने प्रतियोगिताबाट बाहिरिएका छन ।

       अब समुह ख बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो भने भोली मंगलबार हुने अन्तिम चरणको खेलबाट हुनेछ । समुह ख मा इटहरीको राष्टिय जागृती क्लब दुई खेलमा शतप्रतिशत जित सहित शिर्ष स्थानमा छ भने धरानको टेम्के क्लब दुई खेलमा एकमा जित र एकमा हार हित तीन अंकका साथ दास्रो स्थानमा छ । धरानकै धरान फुटबल क्लब दुई खेलमा एकमा जीत र एकमा हार सहित गोल अन्तरको आधारमा तीन अंकको साथ तेस्रो स्थानमा छ । इटहरी फुटबल क्लब दुइ खेलमा दुई वटैमा हार सहित अंक बिहिन रहदै पुछारमा छ ।

मंगलबारको पहिलो खेल राष्टिय जागृती क्लब इटहरी र टेम्के क्लब धरानबिच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेल इटहरी फुटबल क्लब र धरान फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।