विराटनगर: करिब दुई महिना अघि मोरङको बुढीगंगा गाउँपालिकामा रिजन दाहालको हत्या गरेर फरार व्यक्ति पक्राउ परेका छन् । 
गत कार्तिक २८ गते बुढीगंगा ७ का २६ बर्षीय दाहालको खुकुरी प्रहार गरि हत्या गरिएको थियो । उक्त घटनामा संलग्न बुढीगंगा ६ गेरावनीका २२ बर्षीय अजय लिम्बु पक्राउ परेका हुन् । उनलाई सोमबार पक्राउ गरेर मोरङ जिल्ला अदालतमा पेश गरिएको पनि मोरङ प्रहरीले जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



