विराटनगर: मोटरसाइकल चोरी गर्ने सुनसरीको दुहबीका एक युवा पक्राउ परेका छन् । 
मोरङ प्रहरीका अनुसार दुहबी ५ का २० बर्षीय मनिष परियार चोरी भएको मोटरसाइकल सहित पक्राउ परेका हुन् । उनले पुष १४ गते विराटनगर महानगरपालिका ७ मा पार्किङ गरि राखेको को २८ प ६५४९ नम्बरको यामाहाको एफ जेट मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।
परियारलाई सोमबार चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिको म्याद थप गरी अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



