धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्न मर्मत कार्य सुरु गरेको छ । 

बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख्य ट्रंक लाईनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रंक लाईनमा नयाँ स्लुईस भल्भ राख्नका लागि आज बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए । 

चारकोशे जंगलबाट ल्याईने मूख्य ट्रंक लाईनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोख्रेलले बताए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिने छ । फुटेको ट्रंक लाईनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्ने उनले जानकारी दिए ।

khanepani

खानेपानी लिकेज भएको मुख्य ट्रंक लाईनको मेयर तिलक राईले स्थलगत रुपमा अनुगमन पनि गरेका छन् । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन पनि दिए । 

यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए । उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाईसकिएको बताए । बाँकि २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भईरहेको उनले जानकारी दिए । 

khanepani1