सुनसरी: सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । 

मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई रहेका छन । हिजो राती साँढे ७ बजे राती धरानबाट इटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्वरको बसले धरानतर्फ आउदै गरेको  को. २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना घाईते भएका थिए । 

घाईते भएका मोटरसाईकल चालक सन्तोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । दुवैको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।