धरान: २२ औं संस्करणको गोधुली रनिङ कप शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा धरानको १५ नं. वडाले शानदार विजय हात पारेको छ । उद्घाटन खेलमा १५ नं. वडाले ३ नं. वडालाई ५–१ गोल अन्तरले पराजित गर्यो । वडा १५ को लागि खेलको ११ औं मिनेटमा नै नगेन्द्र राईले गोल गरेका थिए । त्यस्तै खेलको पहिलो हाफमा बसन्त बानियाले थप २ गोल गरे भने ३ नं. वडाका दिवस क्षेत्रीले एक गोल गरी पहिलो हाफमा ३–१ को स्थिति बनाए । 

godhuli-suru2

खेलको दोस्रो हाफमा १५ नं. वडाले थप २ गोल गर्यो । मिलन लिम्बू र सुगम जिमीले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १५ नं. वडाका प्रज्ञान देवान घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे । भोली आइतबारको खेल धरानको वडा नं. ८ र ४ का बीच दिउँसो ३ बजे शुरु हुने आयोजकले जनाएको छ । 

godhuli-suru1

प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रुपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन वडा नं १७ का अध्यक्ष सुर्यकुमार भट्टराई (मनोज)ले गरेका थितए । प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार पाउनेछ भने शीर्ष ८ टिमले सुपर ८ लिग प्रतियोगिता खेल्न पाउनेछन् ।