सुनसरी: ईटहरी उपमहानगरपालिका ४ स्थित भित्रि सडकखण्ड डिबिएम स्कुल छेउमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी ६ मा बस्दै आएका २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकलमा सवार विश्वाकर्माको आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा चालक बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।