धरान: कोरोना संक्रमण फैलने उच्च जोखिमको कारण धरानमा जारी गोधुली रनिङ कपको खेल तालिका पनि प्रभावित भएको छ । 

धरान १६ स्थित रंगशालामा जारी प्रतियोगिताको खेल तालिका परिवर्तन भएर माघ २ गते फाइनल गरिने भएको छ । यसअघि माघ ८ गते फाइनल हुने तय गरिएको थियो । तर, सरकारले कोरोना संक्रमण फैलन नदिन कडाई गर्दै प्रोटोकल जारी गरेपछि गोधुलीको खेल तालिका पनि परिवर्तन भएको हो । क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार फाइनल खेल अब माघ २ गते दिउँसो ३ बजे हुनेछ ।

यस्तै, आज ४ वटा खेलहरु भइरहेको छ । भोली बिहिबार २ वटा खेल हुनेछ भने पर्सि शुक्रबार ४ वटा क्वार्टरफाइनल खेल हुने उपाध्यक्ष केसीले बताए । यस्तै, माघ १ गते सेमीफाइनल खेल दिउँसो १ र ३ बजे हुनेछ भने फाइनल २ गते हुने पनि केसीले जानकारी दिए । ‘मास्क अनिवार्य गरेर, सेनिटाइजर प्रयोग गरेर मात्र रंगशालामा प्रवेश गर्न दिएका छौ,’उनले भने । 

आज बिहान ८ बजे पहिलो खेल वडा नं ८ र ९ बीच भएको थियो । उक्त खेल वडा नं ८ ले ३ ० गोलअन्तरले जितेको पनि आयोजक गोधुली क्लबले जनाएको छ । यस्तै, दोस्रो खेल ११ बजेदेखि वडा नं १५ र १० बीच भइरहेको छ भने दिउँसो १ बजे धरान १७ र ११ बीच तेस्रो खेल हुनेछ । यस्तै, आजै चौथो खेल दिउँसो ३ बजे वडा नं १९ र २० बीच खेल हुने क्लबले जनाएको छ । 

tiesheet