ईलाम: किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछि पक्राउ गरेको छ। 

२०५८ सालमा माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर-३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई प्रहरीले २० बर्ष पछि पक्राउ गरेको हो । उनले ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा १८ बर्षीया रोजिना राईलाई खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले राईको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

 राती गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफुसंगै जान आग्रह गरेको र जान नमाने पछि जबरजस्ति तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको अभियुक्तले वयानको क्रममा खुलाएका छन् । आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले घाइते रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।