धरान: धरान: नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको मतगणना जारी छ । 

इनरुवास्थित पार्टी कार्यलयमा जारी मतगणनामा अहिलेसम्म भुगोलतर्फ ८ सय मत गणना सम्पन्न भइसकेको छ । निर्वाचनमा धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ जना उम्मेदवार छन् । जसमा ऋषिराज राई ५१०, नारायण सुवेदी ४५६, मीनकुमार सुब्बा ४४०, हेमराज सुवेदी ४२०, राजमणी निरौला ३९१, जयन्त गौतम ३७० र रेवतीरमण राई ३६० मतका साथ शीर्ष ७ स्थानमा छन् । 

यस्तै, नरेश इवारमको ३४१, नेत्र काफ्ले ३३९, प्रेमकुमार राई २८७, सन्तोष कोइराला २८२, सुवास पौडेल २७२, गोविन्द महत २२९, चन्द्र सुवेदी २२५ र संग्रामसिंह लिम्बुको २२० मत रहेको छ । 

धरान भुगोल महिलातर्फ ३ जनाको कोटामा ४ जना उम्मेदवार छन् । जसमा सविता राई ५४८, लिला राई ५२८, इन्द्रकला राई ५२७ र यशोधा कायस्थ ४५२ मत छ ।