मोरङ: मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा श्रीमतिलाई कुटपिट गरेर हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा ३३ बर्षीय जय शर्मा हुन् । श्रीमति कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । शर्माले पुष ३० गते श्रीमतिलाई कुटपिट गरेर १९ बर्षीया श्रीमति पूजा बिकलाई घाइते बनाएका थिए ।
घाइते बिकलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएको थियो । उनको अस्पतालमा उपचार हुन नसकेपछि घर फर्काउने क्रममा बाटोमा मृत्यु भए पनि शर्मालाई पक्राउ गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



