धरान : किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने निर्णय गरेको भन्दै युमा साम्यो महासभा नेपालले विरोध जनाएको छ । 

महासभाले आइतबार धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दे किरातजन्य संघसंस्थाहरुको उक्त निर्णयप्रति घोर आपत्ति तथा भत्सर्ना गरेको छ । महासभाले शहिद सिरिजङगाको त्याग र वलिदानले शुरुवात भएको सिरिजङगा लिपीको अघि पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको पनि ठहर गरेको जनाएको छ । महासभाका अध्यक्ष देबेन्द्रकुमार वनेमले विभिन्न अभिलेख, लिखत तथा अभ्यासहरुमा सिरिजङगाको सम्मान गर्दे उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र स्र्वस्वीकार्य हुने पनि बताए । 

महासभाले किरात सिरिजङगा लिपी समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदनमा थपिएको स्वर र व्यञ्जन वर्णहरुप्रति असहमतिसमेत प्रकट गरेको छ । उक्त अक्षरहरु लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त र पुर्ण असान्दर्भिक रहेको पनि ठहर गरेको महासभाको विज्ञप्तीमा उल्लेख छ । साथै, सिरिजङगाले दिएको बलिदानीपुर्ण उच्च योगदानको मर्म र भावनाविपरीत राख्न लागिएको किरात सिरिजङगा नामाकरण अनुपयुक्त र असान्र्भिक भएकोले अपनत्व नलिनसमेत महासभाले आह्वान गरेको छ । 

पत्रकार सम्मेलनमा उपस्थित मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले भाषा लिपिका लागि शहिद भएका सिरिजङ्गाको नामको लिपिलाई किरात सिरिजङ्गा लिपि नामकरण गर्नु लिम्बु जातिको सम्पदा माथिको आक्रमण भएको धारणा राखे । किरात याक्थुङ चुम्लुङका केही पदाधिकारीहरू र केही लिम्बु प्राज्ञहरुले लिम्बु सम्पदालाई ध्वस्त बनाउन लागेको पनि उनको आरोप थियो । 

    किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको संयोजक डा। तारामणी राई छन् भने सदस्यहरुमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल श्याँकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डीबी आङबुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तीर्थराज मुकारुङ रहेका छन्। 

yuma