उदयपुर: उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन् । 

मृत्यु हुनेमा कटारी-८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन् । हिजो साँझ ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भएका थिए । घाइतेहरुको कटारी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उपचारको क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालक कटारी-८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेको र उनको खोज तलाशसँगै दुर्घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको जनाएको छ ।