धरान: बैकिङ कुसर मुद्दामा फरार प्रतिबादी धरानका एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ४ पाँचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रहरी अनुसार राईलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७८ बैशाख १६ गते सजायको आदेश दिएको थियो । उनलाई अदालतले १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया जरिवाना हुने फैसला गरेको थियो । 

अदालतबाट कैद तथा जरिवाना फैसला भएपनि भुक्तान हुन बाँकी रहेको देखिए पछि उनलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार राईलाई हिजो धरानबाट नै पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई आज सुनसरी जिल्ला अदालतमा दाखिला गरेको र अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको पनि प्रहरीले जनाएको छ ।