झापा: झापाको बिर्तामोड नगरपालिका ४ बाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका १० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका ४ का २७ बर्षीय पुर्णलाल लिम्बु रहेका छन् । उनीहरुलाई हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद भएको झापा प्रहरीले जनाएको छ । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यसैगरि, पाँचथरको फिदिम नगरपालिका १ बाट ८ ग्राम ब्राउन सुगरसहित एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका १ की ३२ बर्षीया देवी लकान्द्री रहेकी छिन् । उनलाई पनि हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले लकान्द्रीको कोठा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर वरामद गरेको हो । उनको कोठाबाट डिजिटल तराजु १ थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको ब्राउनसुगर ८ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ। ब्राउन सुगरसहित पक्राउ परेकी लकान्द्रीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।