इटहरी: इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोलामा पुलको शिलान्यास गरिएको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पुलको शिलान्यास गरेका हुन् । यो पुल ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई बर्षभित्र निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने प्रमुख चौधरीले बताए । खेती गर्न र कृषि उपज बजार पुर्याउनका लागि स्थानीयलाई पुल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन बर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाई छ। 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोडदिए । वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित बनेको बताए । यो इटहरीको पुल निर्माणको ठूलो योजना हो । साढे चार बर्षको अवधिमा इटहरीमा ठूला दुईसहित साना ठूला गरि १९ वटा पुल निर्माण भएका छन् । भोटिया खोला सहित दुई वटा ठुला पुल योजना अहिले संचालित छन् ।