धरान: कोरोना संक्रमणको तेस्रो लहर फैलिदै जादा धरानको विभिन्न वडा कार्यालयहरुको सेवा पनि प्रभावित हुने क्रम जारी छ । 
कर्मचारीहरु होम क्वारेन्टिनमा बसेपछि धरानको वडा नं ६ को कार्यालयमा पनि आजदेखि सेवा प्रवाह बन्द गरिएको छ । वडाअध्यक्ष भुवनसिंह बस्नेतका अनुसार आजदेखि माघ १७ गतेसम्म सेव प्रवाह बन्द गरिएको हो ।
कार्यालयका ४ जना कर्मचारीहरुलाई कोरोना संक्रमण सम्बन्धि लक्षणहरु देखा परेर होम क्वारेन्टिनमा बसेको अध्यक्ष बस्नेतले जारी गरेको सुचनामा उल्लेख छ । यस्तै, अन्य कर्मचारीहरुमा पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकोले माघ १७ गतेसम्म कार्यालय बन्द गरिएको पनि उनले बताएका छन् ।

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



