सुनसरी: सुनसरीको दुहबी नगरपालिका ५ स्थित दुहबीबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ३ का २८ बर्षीय सूर्य घिमिरे, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल केसी रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाइट्रोजन ५० ट्याब्लेट वरामद भएको छ । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भईरहेको जनाएको छ ।