धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धा महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी ८ की ७६ बर्षीया वृद्धा छिन् । उनको गए राती १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । 

मृतकलाई कोभिड १९ विरुद्धको खोप पनि लगाइएको थियो । उनलाई हिजो नै संक्रमण पुष्टि भएर कोभिड अस्पतालमा भर्ना गरिएको थियो । शवको व्यवस्थापन नियमअनुसार भएको पनि प्रतिष्ठानले जनाएको छ ।