धरान: धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ।

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा ४६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेसीज बर्ष २०२१ का पदाधिकारीहरुको बिदाई गरिएको थियो भने बर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरिएको थियो । धरान जेसीजको परियोजनाको रुपमा रहेको जुनियर जेसीजको समेत २५ औं पदस्थापन समारोह समेत सम्पन्न भएको थियो ।

धरान जेसीज वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीको सभापतित्व, प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बर्ष २०२२ का लागि निर्वाचित भएको धरान जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठलाई वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफनो कार्यसमितिका निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।

     पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षद्वय सागर प्रसाई र सलुजा मास्के रहेका छन् भने कानुनी सल्लाहकार आशिषराज यादब, महासचिव ऋषिराम भट्टराई, कोषाध्यक्ष आयुष्मा शाक्य छन् । यस्तै, उपाध्यक्षहरु कायुङ राई, राजेन्द्र रिजाल, निशान नेपाल, शुभम् शाक्य, सचिवमा राजु शाह, आर्थिक सल्लाहकार दिपा श्रेष्ठ, जनसम्पर्क अधिकारी रीमा थापा मगर रहेका छन् । 

यस्तै, जुनियर जेसीज संयोजक अनिल श्रेष्ठ, तालिम निर्देशक कृष्ण केसी, शाखा सम्पादक खेमकला काङबाङ(आयुष्मा), प्रकरण निर्देशक लोकेन्द्र श्रेष्ठ, संघसंस्था संयोजक ईन्द्रबहादुर कार्की, कोष वृद्धि संयोजक बिदुर थापा, भवन निर्माण संयोजक वर्षा अग्रवाल (श्रेष्ठ), सामुदायिक कार्यक्रम संयोक सन्जु राई (सुमित्रा) र रेकर्ड एण्ड रिकगिनसन अफिसर पुजा अग्रवाल रहेका छन् । 

धरान जुनियर जेसीज २०२१ का अध्यक्ष साहिल भुजेलले २०२२ का अध्यक्ष आयुुष्मान कार्कीलाई शपथ ग्रहण गराएका थिए। उक्त पदस्थापन कार्यक्रममा नयाँ नेतृत्वले आफना भावी कार्यक्रमहरु प्रस्तुत गरेको थियो भने पुरानो नेतृत्वले आफूले सम्पन्न गरेको कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गरेको थियो । 

यस्तै, वर्षभरि शाखाको हरेक क्षेत्रमा आफूलाई संलग्न गराउदै उत्कृष्ट हुने जेसीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जसमा श्याम–रेवा एवार्ड आयुष्मा शाक्य, राधा–मीना एवार्ड सलुजा मास्के, रमेश–टिका एवार्ड खेमकला काम्बाङ (आयुष्मा), शुरेश–पुष्पा एवार्ड वर्षा अग्रवाल, लक्ष्मण–उषा एवार्ड कायुङ राई, प्रभु–रोहिणी एवार्ड कृष्ण केसी वर्मा, कंचन ओराटरी एवार्ड साहिल भुजेल, के.आर.मेमोरियल एवार्ड सोनाहाङ राई, भोला–भगवती एवार्ड पुजा अग्रवाल, जनमत एवार्ड राजेन्द्र रिजाल, साबित्री मेमोरियल एवार्ड सागर प्रसाई, लोक–दिल एवार्ड राजु शाह, सुमन–सबिता एवार्ड रीमा थापा, शिव–रुपा एवार्ड मुस्कान मास्के, आनन्द–पावर्ती एवार्ड ईन्द्र बहादुर कार्की, कुलगंगा एवार्ड सन्जु राई (सुमित्रा), माधव–कमला एवार्ड रिशीराम भट्टराई, सुदामा देवी–रामसेवक एवार्ड विजय घिमिरे, जसोदा–खड्ग एवार्ड दिपा श्रेष्ठले पाउन सफल रहेको पुरस्कार छनौट समितिका अध्यक्ष धरान जेसीजका भूपू अध्यक्ष अतुल श्रेष्ठले बताए ।