झापा: झापाको बिर्तामोड नगरपालिका ४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । 
प्रहरीका अनुसार हिजो साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड ५ का १८ बर्षीय अर्वाज खानलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुबैको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



