धरान: इटहरीबाट चोरी भएको मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार माघ १४ गते मोरङको रंगेली बस्ने पंकज झाको प्र १-०२-०४४ प ८१०१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल इटहरी ६ स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडिको पार्किङबाट हराएको थियो । उनको उक्त मोटरसाइकलसहित माघ १९ गते कानेपोखरी गाउँपालिका ५ का २१ बर्षीय सुशान्त चौधरी र ३७ बर्षीय बुद्धिमान श्रेष्ठ पक्राउ परेका थिए ।
प्ररम्भिक अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चोरीमा इटहरी ८ गैसारका २७ बर्षीय मनिष चौधरी पनि संलग्न रहेको खुलेको थियो । उनलाई पनि प्रहरीले हिजो बिहिबार पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको मोरङ प्रहरीले जनाएको छ ।