मोरङ: कानेपोखरी गाउँपालिका ५ बाट प्रहरीले ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । 
हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दामा म्याद थप गराएर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



