धरान: धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । 

आईतबार मेयर तिलक राईले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । उनले विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ भइरहेको बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपमहानगरपालिकाको दक्ष स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराएको पनि मेयर राईले जानकारी दिए । स्वास्थ्य केन्द्रबाट प्राप्त हुने औषधीहरु, सेवाहरु सहिढंगबाट पुगिरहेको मेयर राईको भनाई थियो । 

wada-14 1

कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य भए मात्र सुन्दर समाजको परिकल्पना गर्न सकिने बताए । उनले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र करिब २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको जानकारी दिए । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ४५ किसिमको औषधीहरु निशुल्क पाईने पनि अध्यक्ष भट्टराइले बताए । 

कार्यक्रममा स्वास्थ्यकर्मीहरु चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको थियो भने वडाका स्वंयम सेविकाहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, वडाका टोल विकास संस्था र पिण्डेश्वर बाबाधाम समितिलाई पनि कदर पत्र प्रदान गरेका थिए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद पौडेल, वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले सम्मान पत्र प्रदान गरेका थिए ।