धरान: धरान १० पुतलीलाइनमा कफी पब एण्ड रेष्टो शुरु हुने भएको छ । 

ज्वाँइ खानाका सञ्चालक हरि श्रेष्ठ, शिसिर राई र रोमकुमारी लिम्बुको लगानीमा पब एण्ड रेष्टो शुरु हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दे सञ्चालकहरुले आइतबार (फागुन १) गतेदेखि पब एण्ड रेष्टो सञ्चालनमा आउने जानकारी दिएका हुन् । ज्वाँइ खाना भएको भवनको भुँइतलामा नै यो पब एण्ड रेष्टो शुरु हुन लागेको हो । हालसम्म ८० लाख लगानी भइसकेको र लगानी थप हुने श्रेष्ठले जानकारी दिए । 

पब एण्ड रेष्टो बिहान ७ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुनेछ । एक पटकमा करिब सय जना ग्राहकहरुलाई सेवा दिइने सञ्चारकर्मीसमेत रहेका सञ्चालक राईले बताए । धरानेहरु फिटनेसप्रति सचेत रहेकोले यहाँ सन्तुलित पोषणयुक्त परिकारहरु पनि उपलब्ध हुने उनको भनाई छ । पबमा अनुभवी वारिष्ठा र सेफले बनाएको कफी, बेकरी आइटम, फाष्ट फुट, इण्डियन, नेपाली, चाइनीज परिकारहरु पनि पाइने उनले बताए । साथै बैठक, बर्थ डे पार्टीको लागि छुट्टै क्याबिन कटेज पनि रहेको छ । कफी पवले शुभारम्भको अवसरमा फागुन १ गतेदेखि १५ गतेसम्म हरेक खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने पनि जनाएको छ । 

भ्यालेन्टाइन डेमा उपेन्द्र सुब्बाको प्रेमिल कविता वाचन

cofee

पब एण्ड रेष्टोमा १४ फ्रेबुअरी अर्थात भ्यालेन्टाइन डेको दिन चर्चित साहित्यकार एवं कलाकार उपेन्द्र सुब्बा (झाक्री)को एकल कविता वाचन आयोजना हुने भएको छ । 

साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा शुरुवातमा नाद सरगम संगीत विद्यालयका कलाकार प्रिया लामा र रोनिश श्रेष्ठले अकुस्टकी शैलीमा गीत प्रस्तुत गर्नेछन् । उनीहरुको प्रस्तुती करिब २ घण्टा हुनेछ । 

त्यसपछि करिब ७ बजेदेखि कलाकार उपेन्द्र सुब्बाको प्रस्तुती शुरु हुनेछ । उनले आफ्नो पुराना र नयाँ प्रेमिल कविताहरु वाचन गर्नेछन् । उनले पनि करिब २ घण्टा कविता वाचन गर्ने र कार्यक्रम राती ९ बजेसम्म हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि प्रवेश टिकट लाग्नेछ भने टिकट रकम बराबरको कम्प्लीमेन्ट्री ड्रिंस र स्न्याक्स उपलब्ध हुने श्रेष्ठले बताए । निमन्त्रणा कार्डसहित आउनेहरुलाई पनि प्रवेश निःशुल्क हुनेछ । 

cofee2

cofee1