झापा: झापाको भद्रपुर नगरपालिका ६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ बर्षीय मुगालाल माझी रहेका छन् । उनलाई आज बिहान साँढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले पक्राउ गरेको हो ।
माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको पनि जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



