धरान: युवाहरुको लगानीमा खुलेको धरान १० पुतलीलाइनमा कफी पब एण्ड रेष्टो शुरु हुने भएको छ । 

ज्वाँइ खाना (होटल)कै भवनमा रहेको रेष्टोको सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसअघि बेलुन पनि उडाइएको थियो । कफी पब एण्ड रेष्टो ज्वाँई खानाका सञ्चालक हरि श्रेष्ठ, सञ्चारकर्मी शिसिर राई र रोमकुमारी लिम्बुको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । हालसम्म ८० लाख लगानी भइसकेको सञ्चालकहरुको भनाई छ । 

पब एण्ड रेष्टो बिहान ७ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुनेछ । खाना पाउने ठाउँमा कफी नपाउने र कफी पाउने ठाउँमा खाना नपाउने समस्या भएकोले यहाँ दुवै उपलब्ध हुने सञ्चारकर्मीसमेत रहेका विकास चाम्लिङलले बताए । उनले धरानेहरु फिटनेसप्रति सचेत रहेकोले मर्निङवाक गरेर आएकाहरुलाई सन्तुलित पोषणयुक्त परिकारहरु उपलब्ध हुने बताए । ‘हाम्रो क्याफेमा पोषणविज्ञहरुसँग सल्लाह लिएर, अनुभवी सेफको सल्लाहमा डाइट फुड पनि व्यवस्था गछौ,’उनले भने ।


उनले शान्त वातावरणमा अनप्लग पनि हुने बताए । अनुभवी वारिष्ठा र सेफले बनाएको कफी, बेकरी आइटम, फाष्ट फुट, इण्डियन, नेपाली, चाइनीज परिकारहरु पनि पाइने उनले बताए । साथै, धरानमा मनोरञ्जनको लागि नाइटलाइफ आवश्यक भएको भन्दै सुरक्षा प्रबन्ध गरेर रात्री व्यवसाय गर्न पाउनुपर्ने धारणा राखे । 

कार्यक्रममा वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), चर्चित गायक डिल्ली फोम्बो, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मोतिराज सुनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कफी पव एण्ड रेष्टोले शुभारम्भको अवसरमा फागुन १ गतेदेखि १५ गतेसम्म हरेक खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने पनि जनाएको छ । 

सोमबार उपेन्द्र सुब्बाको प्रेमिल कविता वाचन

coffee2

पब एण्ड रेष्टोमा १४ फ्रेबुअरी अर्थात भ्यालेन्टाइन डेको दिन चर्चित साहित्यकार एवं कलाकार उपेन्द्र सुब्बा (झाक्री)को एकल कविता वाचन आयोजना हुने जानकारी दिएको छ । 

साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा शुरुवातमा नाद सरगम संगीत विद्यालयका कलाकार प्रिया लामा र रोनिश श्रेष्ठले अकुस्टकी शैलीमा गीत प्रस्तुत गर्नेछन् । उनीहरुको प्रस्तुती करिब २ घण्टा हुनेछ । 

त्यसपछि करिब ७ बजेदेखि कलाकार उपेन्द्र सुब्बाको प्रस्तुती शुरु हुनेछ । उनले आफ्नो पुराना र नयाँ प्रेमिल कविताहरु वाचन गर्नेछन् । उनले पनि करिब २ घण्टा कविता वाचन गर्ने र कार्यक्रम राती ९ बजेसम्म हुने विकास चाम्लिङले जानकारी दिए ।


coffee4

coffee3

coffee5

coffee6

coffee7