धनकुटा: धनकुटाको पाख्रिवासमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पाख्रिबास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको जलेर मृत्यु भएको हो । घटना आज बिहान पौने १० बजे मृतककै घरमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आगो शरीरमा सल्किएर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएर गई प्रारम्भिक अनुसन्धान गरेको र शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अन्य अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।