उदयपुर: उदयपुर गढी गाँउपालिका ७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । 
उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । उक्त टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएको थियो । 
उनको उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ। 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



