विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १–१ जना छन् भने झापाको विर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २–२, कनकाई, हल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ७, इनरुवामा ३, भोक्राहानरसिंह, बराहक्षेत्र र स्थानीयतह नखुलेका १–१, इलामको माई र स्थानीय तह नखुलेका १–१, तेहृथुमको आठराई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ भने संखुवासभाको धर्मदेवीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५१ म्हिला र ५४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।