विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जना छन् भने सुनसरीको धरानमा ४, इटहरी, दुहवी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरि, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।