उदयपुर: उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गाँजाको ओसारपसार तथा कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले गाँजासहित ३ जना पक्राउ गरेको हो । प्रहरीका अनुसार हिजो बिहान सवा २ बजे ४ सय केजी गाँजासहित ३ जना पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका ७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । 

उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैया पनि वरामद गरेको छ । गाँजासहित पक्राउ परेका उनीहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।