धरान: प्रतिबन्धित लागुऔषधीसहित धरानका एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उप(महानगरपालिका ५ का २८ बर्षीय सुवास राई रहेका छन् । उनलाई गए राती ११ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले घरबाट नै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सुत्ने कोठामा खानतलासी गर्दा निषेधित औषधी फेला परेको थियो । 

राईको कोठाबाट स्पासपेन ७४२ ट्यावलेट, ट्रमाडोल ७१४ क्यापसुल र टापेन ४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । निषेधित औषधीसहित पक्राउ परेका राईलाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।