विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १७० जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । 

मोरङको विराटनगरमा २ र कटहरीमा १, सुनसरीको कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २, झापाको बुद्धशान्ति र भद्रपुरमा १–१ जनामा संक्रमण भएको हो ।

यसैगरि, प्रदेश १ मा थप १०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४९ महिला र ५५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ११५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।