संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका २ का १८ बर्षीय सुमन दर्जीले आफ्नै बुबाको हत्या गरेका छन् । 
प्रहरीले उनलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीसमेत गरिसकेको जनाएको छ । हिजो (शनिबार) बिहानको राती करिब साढे २ बजे उनले ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ । मार्तलको प्रहारले दर्जीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले हत्यामा संग्लग्न रहेका दर्जीलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



