धरान: दोस्रो अशोक स्मृति बास्केटवल रनिङ कप आइतबारदेखि सुरु भएको छ ।

    पहिलो दिन आइतबार भएको खेलमा आयोजक डायनामिक युथ क्लव विपि प्रतिष्ठान, मिराकल, व्रदस र यलम्वर क्लव विजयी भएको छ । डायनामिकले युवा जागृतिलाई ६९–२७ स्कोरले हरायो भने मिराकलले वेलवारीलाई ६३–२४ स्कोरले हरायो । यस्तै, व्रदसले तरहरालाई ५८–१९ र यलम्वरले होराइजनलाई ५२–३९ स्कोरको अन्तरले पराजित गरेको छ । 

पहिलो खेलमा डायनामिक र युवा जागृतिले ११–३, १७–१२, २६–२ र १५–१० स्कोर गरेको थियो भने दोस्रो खेलमा मिराकल र वेलवारीले १५–३, २१–७, १६–४, १३–१० स्कोर गरेको थियो । यस्तै, तेस्रो खेलमा ब्रदस र तरहराले ११–६, ८–४, २१–४ र १८–५ स्कोर गर्यो भने चौथो खेलमा यलम्वर र होराइजनले ८–४, १५–१२, १६–११ र १४–१२ स्कोर गरेको थियो । 

पहिलो खेलमा डायनमिकका त्रिलोक वास्तोलाले व्याक्तिगत १५ अंक जोडेका थिए । त्यस्तै गरि दोस्रो, तेस्रो र चौथो खेलमा क्रमस वेलवारीका नविन राईले १३, ब्रदसका सव्रोधन राई र कविन मगरले १३/१३ र यलम्वरका दिवस राई र सविन राईले १२ /१२ वरावर व्यक्तिगत स्कोर गरेका थिए । 

ashok1

प्रतियोगिता पुर्व राष्ट्रिय बास्केटवल खेलाडी रवि वास्फोरका दिवंगत बुबा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको आयोजक डायनामिक युथ क्लव, विपि प्रतिष्ठान रहेको छ । आइतवार देखि सुरु भएको प्रतियोगिताको उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथि विपि प्रतिष्ठानका डिपुटि डाइरेक्टर डा.विकास शाह, विशेष अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र बास्केटवलका दिवंगत अशोक वास्फोरकी श्रीमति इन्द्रावति बास्फोरले अशोक वास्फोरको तस्विरमा माल्यार्पण गरि द्धिप वालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

फागुन १४ सम्म हुने प्रतियोगितामा धरान , तरहरा, झापा र वेलवारीका दश टिमले सहभागिता जनाएका छन । सहभागि टिमहरु आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी, तरहरा र झापा रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद पच्पन्न हजार ५ सय ५५ रुपैया, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडीले नगद ४ हजार, बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेलको दिन २।० थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगकम नकआउटको आधारमा संपन्न हुने प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको संपुर्ण खेल विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

ashok2

ashok3