धरान: धरान १७ का रेल्वे युथ क्लबले आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । 
	धरान ११ स्थित एक घरमा गत बिहिबार राती बिजुली सर्ट भई भै आगलागी भएको थियो । क्लबका अध्यक्ष जिवन राईले आगलागीबाट बिचल्ली भएका परिवारलाई ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरिएको बताए । 
क्लबका सदस्यहरुबाट आर्थिक संकलन गरेर उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए । बिहिबार राति शान्ति तामाङको काठको घरमा आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको थियो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



