झापा: झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ७८ बर्षीया शिवमाया दाहाल रहेकी छिन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र। १ (०१(०१२ प ५९९८  नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको बेला दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । 

घाईते दाहालको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाऊपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेका छन् । उनको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।