विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोड, शिवसताक्षी, भद्रपुर, गौरीगञ्ज, दमक, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् भने मोरङको विराटनगर, ग्रामथान र रंगेलीमा १–१, सुनसरीको इटहरी र धरानमा १–१, खोटाङ र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८ महिला र २६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९३३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।