धरान: डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजना जारी दोस्रो अशोक स्मृति बास्केटवलको चौथो दिनको खेलमा व्रदस, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन् ।
व्रदसले विर्तामोडलाई ७२–४६, हाम्रो कलेक्सनलले होराइजनलाई ५६–४०, यलम्वरल युवा जार्गतिलाई ५२–३० अंकले पराजित गरेको थियो । तरहरा र मिराकलले भने निर्धारित समयमा ५२–५२ वरावर अंक जोडे पछि थप गरिएको ५ मिनट समयको दुई क्वाटरमा ७२–६९ अंक अन्तरले तरहरा विजयी भएको थियो ।
पहिलो खेलमा व्रदस र विर्तामोडले प्रत्येक क्वाटरमा २३–८, १९–१०, १६–१७ र १४–११ , दोस्रो हाम्रो कलेक्सनले होराइजनलाई १६–९, ५–७, २१–६ र १४–१८ अंक जोडेका थिए । त्यस्तै गरि तेस्रो खेलमा यलम्वर युवा जागृतिले १२–८, १७–१३, १२–५ र ११–१० जोडेको थियो । चौथो खेलमा भने हाम्रो कलेक्सन र यलम्वरले १२–२, १८–११, १२–६ र १५–११ अंक जोडेको थियो ।
यस्तै, तरहरा र मिराकलले १२–१२, ११–१४, १९–२०, १०–६ अंक जोडेको थियो भने थप समयमा १०–१० र १०–७ अंक जोडेका थिए । पहिलो खेलमा विर्तामोडका जेनिस सिंहले २७, हाम्रो कलेक्सनका हेमन्त राईले २६, तेस्रो खेलमा यलम्वरको दिवस राईले १९ र चौथो खेलमा तरहराका सन्दिप श्रेष्ठले २२ अंक व्यक्तिगत जोडेका थिए ।
लिगकम नकआउटमा संपन्न हुने प्रतियोगिताको विहिवार वेलवारी र तरहरा, आयोजक डायनामिक र यलम्वर बीच प्रतिस्पर्धा भइरहेको छ । साँझ मिराकल र विर्तामोड र हाम्रो कलेक्सन र यलम्वरले प्रतिश्पर्धा गर्नेछ । प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ ।