सुनसरी: सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका(७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोक्राहा नरसिङ(७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन् । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ(१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको हो । मृत अवस्थामा आमाले फेला पारेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यसैगरि, इलामको रोङ गाउँपालिका(२ मा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ(२ बरफल्याङ का २७ बर्षीय सुवास नेपाल रहेको प्रहरीले जनाएको छ । 

हिजो बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर उनी घाईते भएका थिए । उनको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।