सोलु: सोलुको लिखुपिके गाउँपालिका ५ मा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर हुन् । उनको आज बिहानको राती २ बजेको समयमा लिखुपिके ५ मा सडक दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले एमडि दुगढ हाईड्रो पावर तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ६२८९ नम्वरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झरेको जनाएको छ । उक्त दुर्घटना हुँदा चालक थवालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रकृया तथा थप अनुसन्धान भईरहेको जनाएको छ ।