मोरङ: मोरङको बिराटनगर महानगरपालिका १३ बाट भारतीय नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पुर्णिया थानचोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम हुन् । उनीहरुलाई आज बिहान साढे १० बजे बिराटनगर १३ नहर चोकमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतीय नक्कली नोट बरामद भएको जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।